इलाममा बालिका जबरजस्ती करण गर्ने २ जना पक्राउ, वीरगञ्जमा केशरी गिरफ्तार
इलाम । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले इलामबाट दुई जनालाई पक्राउ गरेको छ ।
इलामको चुलाचुली गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजकुमार मगर र झापाको कमल गाउँपालिका–५ घर भएका ५३ वर्षीय डिल्लीप्रसाद दुलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
चुलाचुली गाउँपालिका–५ शिखर कटेरी बस्ने ६० वर्षीय पाराङ तामाङ, राजकुमार र डिल्लीप्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । उनीहरूविरुद्ध परेको उजुरीको आधारमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरूमध्ये राजकुमार र डिल्लीप्रसादलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार पाराङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साको वीरगंज महानगरपालिका–९ बस्ने रोहण केशरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतबाट २०८१ असार २३ गते उक्त मुद्दामा ७ वर्ष कैद र ३ लाख ३७ हजार रूपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ एयरपोर्ट गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया