सरकारद्वारा कानून विपरीत ८० वर्षीय महेश्वरलाई निगमको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले करीव ८० वर्षीय महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धकमा नियुक्ति गरेको छ ।
श्रेष्ठको कानूनविपरीत नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई निगमको कार्यकारी भूमिका दिइएको बताएका छन् ।
निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारको कार्यविधि विपरीत रहेको कर्मचारीहरूले बताएका छन् । पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ ।
२०४९ सालमा तत्कालीन सरकारले ‘कुडाकर्कट सफाइ अभियान’ नाममा व्यापक कर्मचारी कटौती गर्दा वायुसेवा निगमबाट श्रेष्ठको पनि जागिर गएको थियो । त्यसबेला उनी निगमको कर्पोरेट डाइरेक्टर थिए ।
निगमबाट अवकाश पाएको ३४ वर्षपछि ८ दशकको उमेरमा श्रेष्ठलाई सरकारले निगमको जिम्मेवारी दिएको छ ।
यसअघि सर्वोच्च अदालतले नियुक्ति खारेज गरेका पाँचजना सञ्चालकमा श्रेष्ठ पनि परेका थिए । पर्यटन मन्त्रालयका अनुसार ३१ वैशाखमा निगममा ५ जना सञ्चालक समिति सदस्य नियुक्त गरिएको थियो । उक्त नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको थियो । ती ५ जनामा श्रेष्ठ पनि बदरमा परेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया