पूर्व माओवादी लडाकु कमाण्डर चौधरी २ करोड ५० लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौं । प्रहरीले ठगीको अभियोगमा ४६ वर्षीय लहानुराम चौधरीलाई पक्राउ गरेको छ ।

क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपियाँ ठगी गरेको आरोपमा कैलालीका चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पीडितहरूको उजुरीका आधारमा चौधरी पक्राउ परेका हुन् ।

चौधरी कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ६ घरभई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ५ मा बस्दै आएका थिए ।

क्यानडा पठाइदिन्छु भनेर रकम उठाएर चौधरी सम्पर्क बिहीन बनेका थिए । त्यसपछि रकम फिर्ताको लागि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए ।

ठगीको आरोपमा पक्राउ परेका चौधरी तत्कालीन नेकपा (माओवादी)का कमाण्डर हुन् । पछिल्लो समय युट्युब लगायतका सञ्चारमाध्यममा चर्का अभिव्यक्ति दिँदै आएका थिए ।

Published : Sunday, 2026 July 12, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया