पोखरियामा सरकारी कागजातको गलत लिखत तयार गर्ने पाण्डेयसहित ३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजयकुमार पाण्डेय सहित ३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टारको मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
आयोगे पाण्डेयसहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका–१० का महेन्द्र राउतकुर्मीविरुद्ध मुद्दा दायर भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोगले उनीहरूविरुद्ध जनही १ लाख ९१ हजार ५२० रुपियाँ माग दाबीसहित मुद्दा दायर गरेको छ । नगरपालिकाका कर्मचारीले कागजात सच्याई अपाङ्गताको परिचयपत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया