एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन
जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन् ।
शुक्रबार ललितपुरमासम्पन्न चौथो संस्करणको ९ चरण सम्पन्न चेस प्रतिस्पर्धामा छात्रतर्फ प्रलेश महर्जनले ८.५ अंकसहित प्रथम स्थान हासिल गरेका छन् । प्रलेशले सर्वोकृष्ट खेलाडी बन्दै आकर्षक ट्रफी, मेदल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलमा आश्मायु कडेल ८ अंकका साथ दोस्रो तथा सुहङ्गेम लिम्बु ७.५ अंकका साथ तेस्रो भए । रनिश श्रेष्ठ चौथो, हृदय श्रेष्ठ माकजु पाँचौँ, उनेश मगराती छैटौँ, अमूल्य श्रेष्ठ सातौँ, धर्मेश श्रेष्ठ आठौँ, विश्वास गुरुङ नवौँ तथा प्रिन्स पाण्डे दशौँ स्थानमा रहे ।
छात्रातर्फ ७ चरणको खेलमा अभिव्यक्ति तामाङले शतप्रतिशत अंक जोड्दै उपाधि जितिन् । सुम्निमा राई ६ अंकसहित दोस्रो तथा दिया चापागाईं ६ अंकका साथ तेस्रो स्थानमा रहिन् ।
क्रमशः ऋतिशा ओझा चौथो, प्रकृति बस्नेत पाँचौँ, आकांक्षा थापा छैटौँ, श्याम्यावी पौडेल सातौँ, प्रिशा यादव आठौँ, प्रिशा ढकाल नवौँ तथा बिरुजा रेग्मी दशौँ स्थानमा रहिन् ।
लिटिल एञ्जल्स स्कुल डे बोर्डिङका प्रधानाध्यापक श्रीमती सरोज्ना राईले निरन्तर चौथो संस्करण बुद्धिचाल प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरूमा तार्किक तथा विश्लेषणात्मक सोचको विकास, एकाग्रता र स्मरणशक्तिमा वृद्धि, समस्याको सहज समाधान र सहि निर्णय लिने अद्वितीय क्षमता वृद्धि भएको बताएका छन् ।
सरोज्ना राईले धैर्यता, अनुशासन, दिर्घकालिन योजना बनाउने बानीले मस्टिष्कलाई सक्रिय बनाई गणित र पठन सीप जस्ता शैक्षिक क्षमतामा सकारात्मक प्रभाव स्पष्ट देखिएको बताए ।
उनले कार्यक्रमको सफलता प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकार, संयोजक विनोय कुमाइ, शिक्षिका राजश्री श्रेष्ठ, सीमा खड्कामा निहीत रहेकोले बधाई ज्ञापन गरेका छन् । उनले स्कूलमा चेसको कक्षा सञ्चालन गरिने जानकारी गराए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया