कोटेश्वरमा कारले चार वटा मोटरसाइकललाई ठक्कर दियो
कोटेश्वर । काठमाडौंको कोटेश्वरमा कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते भएका छन् ।
सोमबार राति ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा १४ च ४८ २० नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेका चार वटा मोटरसाकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले जनाएको छ ।
कारले बा ९६ प ३३२५, बाप्र ०२०६६ प ९१०७, बाप्र ०२०४१ प ८२८२ र बा ८९ प ६४८६ नम्बरका मोटरसाइकलहरूलाई ठक्कर दिएको छ ।
दुर्घटनामा मोरङको विराटनगर घर भई हाल काठमाडौं सिनामंगल बस्ने ४५ वर्षका भीष्म श्रेष्ठ, मकवानपुर घर भई ग्वार्को बस्ने २२ वर्षीय ज्ञानसागर लोप्चन, भोजपुर घर भई हाल ग्वार्को बस्ने १९ वर्षका बबिन राई, ललितपुरको धापाखेल बस्ने ३० वर्षका एलिस बानियाँ, स्वयम्भु बस्ने १८ वर्षका सुशील श्रेष्ठ, डोटीको बडीकेदार गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय रवि चन्द र रामेछाप मन्थली घर भई हाल झम्सीखेल बस्ने २२ वर्षीय सुदीप थापा घाइते भएका छन् ।
घाइतेहरूको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएका सबै मोटरसाइकल र कारका साथै कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया