विप्लवलाई ठूलो धक्का, १२ केन्द्रीय नेताहरूद्वारा पार्टी परित्याग

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)का १० केन्द्रीय सदस्यसहित १२ जनाले सामूहिक राजीनामा दिएका छन् ।

महासचिव चन्दको कार्यशैलीको आलोचना गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरूले कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण, एकता, पुनर्गठन गर्नमा विप्लव पछि हटेको आरोप लगाएका छन् । पार्टीभित्र बहसको माग गर्नेलाई निस्कासन गरेको भन्दै असहमति राखेका छन् ।

केन्द्रीय सचिवालय सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्कालाई पार्टीमा निष्कासन गर्नु भर्त्सनायोग्य भएको जनाएका छन् ।

राजीनामा दिनेहरूमा सञ्जीत मगर, कमल के.सी., जनक राउत, गोपाल भुजेल, निशान, कपिल भट्ट, दुर्गा तामाङ, धिरज राना, भीमसेन घिमिरे, हेमन्त चौधरी, नवीन सुवेदी र रवि गोल रहेका छन् ।

Published : Saturday, 2026 June 20, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया