रोल्पामा पुनद्वारा २ बालिकालाई जवरजस्ती करणी, दाङमा पनि डाँगी पक्राउ
लमही । रोल्पा जिल्लामा १५ वर्षीया र ११ वर्षीया बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थवाङ गाउँपालिका–४ थर्पु बस्ने ५५ वर्षीय धनप्रसाद पुन रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पुनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पुनले ती दुई बालिकाहरूलाई जबजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उवाबाट खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको जनाएको छ ।
यता, दाङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१३ बस्ने २२ वर्षीय चुडामणि डाँगीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
डाँगीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय, तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया