आईजीपी कार्कीद्वारा पूर्वएसएसपी डा.रेग्मीको ‘पुलिस एण्ड रुल अफ ल’ किताव बिमोचन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक (पूर्वएसएसपी) डा. गणेश रेग्मीद्वारा लिखित ‘पुलिस एण्ड रुल अफ ल’ नामक पुस्तक विमोचन गरेका छन् ।
बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित समारोहमा आईजीपी कार्कीले डा.रेग्मीको पुस्तकको विमोचन गरेका हुन् । कार्कीले यस गहन र सान्दर्भिक कृतिको सफल प्रकाशनका लागि अवकाश प्राप्त डा.रेग्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आईजीपी कार्कीले भने, ‘यस सिर्जनाको भाव नरोकियोस तथा आगामी सिर्जनात्मक यात्रा अझ धेरै फलदायी होस् ।’
आईजीपी कार्कीले भने, ‘डा.रेग्मीको कलमबाट हामीलाई मार्गदर्शन गर्ने, समाजलाई मार्गदर्शन गर्ने, मुलुकलाई समृद्धितर्फ लाने र कानूनी शासनलाई व्यवस्थित गर्न एवम् स्थापित गर्न सहयोग गर्ने किसिमका थप कृतिहरू र सिर्जनाहरू प्राप्त भइरहने अपेक्षा छ ।’
सो अवसरमा पूर्व रजिष्टार तथा नेश्नल ल कलेजका प्राचार्य रामकृष्ण तिमल्सिना, पूर्व सचिव खेमराज रेग्मी र अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहराले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्व नायव महान्यायाधिवक्ता सूर्य कोइरालाले पुस्तकको समीक्षा गरेका छन् । पुस्तकमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा उनीहरूले चर्चा गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया