दुर्घटनामा नेविसंघका नेता आचार्यको निधन, खड्काद्वारा गहिरो शोक व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नेविसंघका पूर्व केन्द्रीय सदस्य विवेक आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
नेविसंघका २७ वर्षीय नेता अचार्यको सडक दुर्घटनामा निधन भएको छ । उनको निधनबाट आफू मर्माहत भएको नेता खड्काले बताएका छन् ।
नेता खड्काले भने, ‘हामी स्तब्ध छौं, मर्माहत भएका छौं । दैबको निष्ठुरी लिला । २७ वर्षको कलिलो उमेरमै हामी सबैका प्रिय भाइ, नेबिसंघका पूर्व केन्द्रीय सदस्य, नेपाली कांग्रेसका निष्ठावान, लगनशील, जुझारु युवानेता विवेक आचार्य भौतिक रुपमा हामीबीच अब रहनु भएन ।’
‘प्रियभाई बैकुण्ठवासी विवेकप्रति हृदयदेखिनै भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल आदर्णीय पिता सीताराम आचार्यज्यूसहित परिवारजन र आफन्तहरूमा गहिरो समबेदना ब्यक्त गर्दछु,’ उनले भने ।
‘तपाई मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभन्दा २ दिनअघिको भेटनै तपाईसँगको अन्तिम भेट हुन पुग्यो । केही वर्षदेखिको तपाईंसँगको सामिप्यता अत्यन्त स्नेहपूर्ण सम्बन्ध, तपाईंको लगनशीलता, सदाबहार तपाईंमा देखिने उत्साह, तेजपूर्ण जिज्ञासुपन, अनुशासन र जुझारुपनका हरेक पलहरू सदा हाम्रा वरिपरी सम्झनामा भनभनी नाची रहनेछन्,’ नेता खड्काले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया