अध्यादेशले १५ सय राजनीतिक नियुक्तिलाई पदमुक्त गर्ने, सुशीलाका पीएको पनि अध्यक्ष पद जाने

काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले ठूलो संख्याको राजनीतिक नियुक्तिहरूलाई असर पर्ने देखिएको छ ।

शनिबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी अध्यादेशअनुसार १ सय १० वटा कानूनहरू परिमार्जन हुनेछन् । ती कानूनले विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी १५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन् ।

झण्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सबै राजनीतिक नियुक्तिहरू खारेज गरेर आवश्यक्ताअनुसार नियुक्ति र मनोनयन गर्नेछ ।

शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरू, गुठी समितिको विद्वत समितिका सभापति र सदस्यहरू अनि अध्यक्ष, सदस्य र प्रशासक पनि पदमुक्त हुनेछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष र सदस्यहरू, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमुक्त हुनेछन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्षमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेकी थिइन् । श्रेष्ठको अध्यक्ष पद पनि अध्यादेशले उडाइदिनेछ ।

लुम्बिनी विकास कोष, नेपाल संस्कृति विश्वविद्यालय र त्यसको सेवा आयोगका पदाधिकारी, पशुपति क्षेत्र विकास कोष, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका पदाधिकारी पदमुक्त हुनेछन् ।

अध्यादेशले राष्ट्रिय समाचार समिति ऐन परिमार्जनबाट त्यसका सञ्चालकहरू पदमुक्त हुनेछन् । कर्मचारी सञ्चय कोष ऐनमा भएको परिमार्जन त्यसका अध्यक्ष, सञ्चालक र प्रशासकहरू पदमुक्त हुनेछन् । गोरखापत्र संस्थान ऐनको संशोधनले अध्यक्ष र सञ्चालकहरू पदमुक्त हुनेछन् ।

नेपाल वायुसेवा निगम ऐनमा भएको संशोधनले अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकहरू पदमुक्त हुनेछन् ।

नेपाली भाषा प्रकाशन संस्थान, चलचित्र जाँच समितिका अध्यक्ष र सदस्यहरू, सञ्चार संस्थान ऐन बमोजिम नियुक्त अध्यक्ष र सदस्यहरू पनि पदमुक्त हुनेछन् ।

अध्यादेशले आयुर्वेद चिकित्सा परिषद्, काठमाडौं उपत्यका विकास प्राधिकरण, राष्ट्रिय बीउबिजन समितिका पदाधिकारी, नेपाल खानेपानी संस्थानका पदाधिकारी, नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई पनि असर गर्नेछ । उनीहरू पनि पदमुक्त हुनेछन् ।

नागरिक लगानी कोष, प्रेस काउन्सिल नेपाल, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, कृषि अनुसन्धान परिषद राष्ट्रिय दुग्ध विकास बोर्ड, काठमाडौं विश्वविद्यालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पदाधिकारी पदमुक्त हुनेछन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, समाज कल्याण परिषद्, त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, नेपाल स्काउट, पूर्वाञ्चल विश्वविद्यालय, पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल नर्सिङ परिषद, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका सबै पदाधिकारी पदमुक्त हुनेछन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पोखरा विश्वविद्यालय, दुरसञ्चार प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी पनि पदमुक्त हुने स्रोतले जनाएको छ ।

कुन कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ?
–नेपाल वायुसेवा
–राष्ट्रिय समाचार
–कर्मचारी सञ्‍चय
–गोरखापत्र
–नेपाली भाषा प्रकाशन
–चलचित्र जाँच
–सञ्‍चार संस्थान
–शिक्षक सेवा
–गुठी संस्था र त्यसका
–राष्ट्रिय प्रकृति संरक्षण कोष
–नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
–नेपाल विद्युत् प्राधिकरण
–लुम्बिनी विकास कोष
–नेपाल संस्कृति विश्वविद्यालय
–पशुपति क्षेत्र विकास कोष
–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
–आयुर्वेद चिकित्सा परिषद्
–काठमाडौं उपत्यका विकास प्राधिकरण
–राष्ट्रिय बीउबिजन समिति
–नेपाल खानेपानी संस्थान
–नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नागरिक लगानी कोष
–प्रेस काउन्सिल
–नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान
–कृषि अनुसन्धान परिषद्
–राष्ट्रिय दुग्ध विकास बोर्ड
–काठमाडौं विश्वविद्यालय
–राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
–स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति
–स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
–समाज कल्याण परिषद्
–त्रिभुवन विश्वविद्यालय,
–विश्वविद्यालय अनुदान आयोग
–नेपाल स्काउट
–पूर्वाञ्चल विश्वविद्यालय
–पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति
–नेपाल नर्सिङ परिषद्
–नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था
–नेपाल स्वास्थ्य व्यवसायी परिषद्
–बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
–पोखरा विश्वविद्यालय
–दूरसञ्चार प्राधिकरण
–नेपाल नागरिक उड्डयन प्राधिकरण
–नगर विकास कोषका कार्यकारी निर्देशक
–औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
–अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति
–भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति
–नेपाल इन्जिनियरिङ्ग परिषद्‌
–नेपाल पशु चिकित्सा परिषद्‌
–बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्
–शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
–नेपाल फार्मेसी परिषद्‌
–आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
–सडक बोर्ड
–धितोपत्र बोर्ड
–प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्ड
–सूचना प्रविधि न्यायाधिकरण र त्यसको पुनरावेदन न्यायाधिकरण
–लुम्बिनी बौद्ध विश्वविद्यालय
–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
–सार्वजनिक खरिद पुनरावलोकन समिति
–सूचना आयोग
–वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड
–बिरूवा क्वारेन्टाइन समिति
–नेपाल ट्रष्टको सञ्चालक समिति
–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
–नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान
–नेपाल प्रज्ञा प्रतिष्ठान
–सुदूरपश्चिम विश्वविद्यालय
–मध्यपश्चिम विश्वविद्यालय
–कृषि तथा वन विज्ञान विश्वविद्यालय
–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
–बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
–सत्य निरूपण तथा मेलमिलाप आयोग
–राष्ट्रिय युवा परिषद्
–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
–नेपाल खुला विश्वविद्यालय
–निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति
–विशेष आर्थिक क्षेत्र प्राधिकरण
–केन्द्रीय श्रम सल्लाहकार परिषद
–सामाजिक सुरक्षा कोष
–विपद् व्यवस्थापन प्राधिकरण
–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
–स्वास्थ्य बीमा बोर्ड
–राजर्षि जनक विश्वविद्यालय
–अपाङ्गता राष्ट्रिय निर्देशन समिति
–राष्ट्रिय सहकारी नियमन प्राधिकरण
–लगानी बोर्ड
–राष्ट्रिय जनस्वास्थ्य समिति
–नेपाल मेडिकल काउन्सिल
–राष्ट्रिय चिकित्सा शिक्षा आयोग

Published : Saturday, 2026 May 2, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया