देउवा समूहले कथित विशेष महाधिवेशनलाई मान्यता दिएन, सहमतिमा सबै संरचनाहरू बनाउन प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको बैठकले कथित विशेष महाधिवेशनलाई मान्यता दिएको छैन ।
काठमाडौंमा वैशाख १५ र १६ गते बसेको बैठकपछि नेता खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बहत्तर एकताको महाधिवेशनका लागि सहमतिका साथ अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एकपक्षीय महाधिवेशन प्रतिनिनिधिहरूको मात्र सहभागितामा भएको तथाकथित विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले अब हुने १५औँ महाधिवेशनमा सम्पूर्ण पार्टीपंक्तिको सम्मानजनक सहभागिता गराउने र उक्त महाधिवेशनबाट निष्पक्ष निर्वाचन हुने करा असंभव भएकोले पार्टीको बहत्तर एकताको महाधिवेशनका लागि सहमतिमा सबै संरचनाहरूको आवश्यकता हुने ठहर गर्दै सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं ।’
‘बहत एकताको पन्ध्रौँ महाधिवेशन गर्ने उद्देश्य र संकल्प पूरा गर्नुका साथै समग्र पार्टी एकता र सुदृढ एवं सबल कांग्रेस निर्माणका लागि सिंगो कांग्रेसको सहभागिता हुने गरि १४औँ महाधिवेशनबाट संशोधित नेपाली कांग्रेसको विधान बमोजिम केन्द्र, प्रदेश, जिल्ला लगायत सबै तहमा पार्टी एकताको अभियान कार्यक्रम संचालन गर्न पर्दछ भन्ने हाम्रो प्रस्ट धारणा छ,’ विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया