भदौ २३ को जेनजी आन्दोलनका हाइज्याकरले नै कांग्रेसभित्र विवाद बनाए, अर्को पक्षलाई पार्टी दिइयो : देउवा समूह
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको बैठकले भदौ २३ को जेनजी आन्दोलन जसले हाइज्याक ग¥यो भदौ २४ को आक्रमण सोही समूहले गरेको निष्कर्ष निकालेको छ ।
काठमाडौंमा वैशाख १५ र १६ गते बसेको बैठकपछि खड्काद्वारा जारी विज्ञप्ति अनुसार जेनजी आन्दोलन हाइज्याक गर्ने समूहले नै कांग्रेसभित्र रहस्यमय ढंगले अकस्मात विवाद उठाइएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा कांग्रेसले सर्मनाक हार व्यहोर्नु पर्यो । जसले भदौ २३ गतेको अपरान्हपछि जेनजी आन्दोलनलाई हाइज्याक गरे त्यही शक्तिले भदौ २४ गते राज्यका प्रमुख सबै संरचनाहरू, स्रोत साधन र सम्पति मात्रै होइन लोकतन्त्रको स्थापना र पुनःवहाली गर्ने भूमिका खेलेका ऐतिहासिक धरोहरहरू, राजनीतिक दल र तीनका कार्यालय एवं नेता र उनको सम्पति, व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, आगजनी र तोडफोड गरे गराए,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैको जगमा हालको शक्तिले निर्वाचनमा अनपेक्षित मत प्राप्त ग¥यो ।’
नेता खड्काले विज्ञप्तिमा भनेका छन्, ‘जसका धेरै आधार र कारणहरूमध्ये नेपाली कांग्रेसभित्र रहस्यमय ढंगले अकस्मात उठाइएको विवाद, पार्टीको विधि, विधान र निर्णय विपरित गरिएको विशेष महाधिवेशनलाई बिना सोधपुछ, जाँचबुझ र कानूनी परीक्षण बिना सम्बन्धित पक्षलाई थाहै नदिई एकतर्फीरुपमा योजनाबद्ध तरीकाले अध्यावधिको नाममा निर्वाचन आयोगले अरुलाई नै आधिकारिकता प्रदान गर्ने, उही राजनीतिक घटनाक्रमको प्रभावको निरन्तरता हो भन्ने कुराको आशंका गर्ने प्रसस्त आधारहरू देखिन्छन् ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया