तत्कालीन महामन्त्रीहरूको जिद्धीले कांग्रेसलाई कम्जोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम बन्न पुग्यो : देउवा समूह
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी, सदस्यहरू लगायतको बैठकले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका कारण पार्टी अहिलेको कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।
कांग्रेस नेता एवम् निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा काठमाडौंमा वैशाख १५ र १६ गते आह्वान गरिएको दुई दिनको बैठकले थापा र शर्मा अर्थात् कथित् विशेष महाविधेशन पक्षधरहरूका कारण नेपाली कांग्रेस इतिहासमै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालेको बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सामान्यतः २०८४ साल मंसिरमा हुनुपर्ने प्रतिनिधिसभाको निर्वाचन, जेनजी विद्रोह र त्यसैको जगमा बनेको सरकारले विद्यमान ससद विघटन गरि २०८२ फागुन २१ गते मध्यावधी निर्वाचनको घोषणा र निर्वाचन कार्यतालिका समेत सावजनिक गरिसकपछि पार्टीले निर्वाचनमा भाग लिने संस्थागत निर्णय पनि गरेका अवस्थामा निर्वाचनभन्दा पहिले नेपाली कांग्रेस पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा, मतभेद वा आपसी वैमनस्यता हुने किसिमका अधिवेशन, महाधिवेशन वा त्यस प्रकृतिका कनैपनि कार्यक्रमहरू गर्नु उपयुक्त हुन्न भने तत्कालीन केन्द्रीय कार्यसमितिको तीन चौथाई सदस्यहरूको मत रहेको थियो ।’
‘जेनजी विद्रोहभन्दा करिब दई महिना पहिले २०८३ मंसिर महिनामा १५औँ महाधिवेशन हुने गरि क्रियाशील सदस्यता नवीकरण तथा वितरण जस्ता कार्यकमहरू आफैले प्रस्ताव गरि सर्वसम्मत पारित भएका निणयहरूको विपरत जेनजी विद्रोह पश्चात अकस्मात तीन महिनाभित्रै महाधिवेशन गर्नै पर्छ नत्र विशेष महाधिवेशन गर्छौं भन्ने तत्कालीन महामन्त्रीहरूको धारणा, प्रस्ताव, जिद्धी अनुसार उनीहरूले विशेष महाधिवेशनको माग गर्ने हस्ताक्षर अभियानने चलाए,’ विज्ञप्तिमा भनिएको छ ।
‘उक्त अभियान र गतिविधि नै राष्ट्रिय राजनीतिलाई धमिल्याउँने र आज पार्टीलाई यो कम्जोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम बन्न पुग्यो,’ विज्ञप्तिमा उल्लेख छ ।
‘राजनीनिक षडयन्त्रको तानावानाका पलहरू सजिलै अनुमान गर्दागर्दै पनि राज्य संयन्त्रका सम्बन्धित निकायहरूमा परको प्रभावका कारण पार्टी एकता जोगाउन सकिएन र निर्वाचनको संघारमा नेपाली कांग्रेस छिन्नभिन्न हुने इतिहासकै सबैभन्दा ठूलो दर्दनाक अवस्थामा पुग्यो,’ विज्ञप्तिमा भनिएको छ ।
‘श्रद्धेय तत्कालीन पार्टी सभापति शेरबहादर देउवाको धैर्यता, सहनशीलतासँगै अन्य नेताहरूको साथ सहयोगले तत्काल पार्टी विभाजनबाट रोक्न त सफल भयौँ तर, विभाजित मन जोड्न सकिएन,’ विज्ञप्तिमा भनिएको छ, ‘परिणामत कांग्रेसविरुद्धको षडयन्त्रको उद्देश्य पूरा भयो ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया