उच्च नैतिकता प्रदर्शन गर्दै गुरुङले दिए तरुण दलको अध्यक्ष पदबाट राजीनामा

काठमाडौं । नेपाल तकण दलका अध्यक्ष विद्वान गुरुङले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

बुधबार अध्यक्ष गुरुङले राजीनामा पत्र नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा बुझाएका छन् । उनले कांग्रेस सभापतिलाई सम्बोधन गरेर राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्रमा अध्यक्ष गुरुङले भनेका छन्, ‘नेपाली कांग्रेसको महत्वपूर्ण भ्रातृ संस्थाको रुपमा रहेको नेपाल तरुण दलको अध्यक्षमा मलाई २०७८ फालान ९ गते नेपाली कांग्रेस पार्टीले विश्वास गरी जिम्मेवारी प्रदान गरीएकोमा यो अवसर प्रदान गनुहुने निवर्तमान सभापति आदरणीय शेरबहादुर देउवाज्यू लगायत उहाँको कार्यसमितिलाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छु ।’

उनले भने, ‘मेरो कार्यकालमा नेपाल तरुण दललाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पन्याउनु हुने दलका पूर्व अध्यक्षज्यूहरू र मेरो केन्द्रीय कार्यसमितिका सदस्यहरू, दलको केन्द्रीय कार्यालय र कार्यालय परिवार, जिल्ला कार्यसमितिका साधीहरु, दलका विभिन्न तह र तप्कामा रहेका जुझारु तरुण साथीहरू सबैलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु ।’

‘साथै यस समयमा, देशैभरका सम्पूर्ण तरुण युवा साथीहरूलाई उच्च मनोवलका साथ एकताबद्ध भएर अघि बढन अपील गर्दछु,’ गुरुङले भने ।

‘मेरो अध्यक्षतामा गठन भएको दलको केन्द्रीय समितिले पाँचौँ महाधिवेशन सम्पन्न गर्न पार्टीले दिएको समयसीमा २०८२ मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने भएतापनि पाँचौँ महाधिवेशनको प्रक्रिया शुरु भैरहेको अवस्थामा देशको पछिल्लो राजनीतिक घटनाकरमले उत्पन्न असहज परिस्थितिका कारण नेपाल तरुण दलको पाँचौँ महाधिवेशन सम्पन्न गर्न नसकिएको यथार्थ पार्टीलाई अनुरोध गर्न चाहान्छु,’ गुरुङले भने ।

‘लोकतन्त्रको सुदृढ़ परीकल्पना एव नयाँ जनादेशलाई संस्थागत गरी नेपाली कांग्रेस पार्टीलाई समयले मागेको र युगले चाहे बमोजिम नेपाल तरुण दललाई नेपाली कांग्रेसको सिद्धान्त र योजना अनुसार अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बनाउनु वर्तमानको आवश्यक्ता हो,’ गुरुङले भने ।

‘वर्तमान अवस्थामा नेपाल तरुण दललाई दलको मूल मर्म र भावना अनुरुप अब संगठित, सशक्त र पार्टीप्रति क्रियाशील साथै अनुशाशित बनाउनु पर्ने पनि भएकोले आगामी दिनमा नेपाल तरुण दललाई दलको मूल विचारबाट अगाडि बढाउन पार्टीले दिएको जिम्मेवारीलाई आत्मासात गर्दै सम्पूर्ण रुपले सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

गुरुङले राजीनामा पत्रमा भनेका छन्, ‘साथै पार्टी निर्माणको अभियानमा सहज वातावरण वनोस भत्ने विश्वासका साथ मैले नेपाल तरुण दलको अध्यक्ष पदवाट राजीनामा दिएको छु ।’

‘अन्तमा आगामी दिनमा अभर ठोस राजनितिक परिकल्पना र स्पष्ट कार्यदिशा सहित अधि बढ्दै नेपाली कांग्रेस पार्टीप्रति पूर्ण निष्ठावान रहनेछ,’ गुरुङले भनेका छन् ।

Published : Wednesday, 2026 April 29, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया