गगनले सिटौलापछि राष्ट्रियसभामा कांग्रेसका सचेतक रोकायलाई पनि हटाए, परियारलाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रियसभा सचेतकबाट कृष्णबहादुर रोकायलाई हटाएका छन् ।

बुधबार कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिअनुसार रोकायको स्थानमा आङदेम्बेले पदम परियारलाई नियुक्त गरेका छन् ।

‘नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३० को धारा १३ ९३) बमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा माननीय पदमबहादुर परियारलाई मनोनयन गर्नुभएको छ’ कांग्रेसको संसदीय दल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, आङदेम्बेले आजै राष्ट्रियसभा दलको नेता कृष्णप्रसाद सिटौलालाई हटाएका थिए । सिटौलालाई हटाएर आङदेम्बेले कमलादेवी पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापाले आफ्ना विरोध र मन नपरेका देउवा समूहका नेताहरूलाई धमाधम कारबाही र पद खोस्ने कार्य गरिरहेका बेला रोकायको पनि सचेतक पद खोसिएको छ ।

Published : Wednesday, 2026 April 29, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया