तत्कालीन कार्यबाहक सभापति खड्कालाई कारबाही गर्ने निर्णयबाट हच्कियो बदलिएको कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको विषयलाई औचित्य समाप्त भएको भन्दै तामेलीमा राख्ने निर्णय गरेको छ ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार तत्कालीन कार्यबाहक सभापति खड्कालाई स्पष्टीकरण सोध्ने विषयलाई तामेलीमा राखिएको उल्लेख छ ।

भृकुटीमण्डपको कथित भेलालाई विशेष महाधिवेशन भनेर गगनकुमार थापा समूहले नेपाली कांग्रेसलाई हाइज्याक गरेको छ । नेपाली कांग्रेसलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले आधिकारिकता दिएपछि तत्कालीन कार्यबाहक सभापति खड्काले अदालतको निर्णयलाई स्वीकार गरेका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व कार्यबाहक सभापति सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८३/०१/०४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2026 April 29, 4:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया