गगनले सिटौलासँग राजनीतिक प्रतिशोधसहितको बदला लिएरै छाडे, कमलालाई मनोनयन
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेता पदबाट कृष्णप्रसाद सिटौलालाई हटाएर कमलादेवी पन्तलाई मनोनयन गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले सिटौलालाई दलको नेताबाट हटाएर राजनीतिक प्रतिशोध साँधेका छन् । सिटौला र थापाबीच खपट चलिरहेको थियो ।
प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभाको उपनेतामा अभिषेकप्रताप शाह र मुख्य सचेतकमा बासना थापा तथा सचेतकमा निश्कल राईलाई मनोनयन गरेका छन् ।
कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा माननीय कमला देवी पन्त, धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२) बमोजिम मुख्य सचेतकमा माननीय बासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निश्कल राईलाई मनोनयन गर्नु भएको छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया