दुबै पक्षलाई मिलाएर कांग्रेस १५औँ महाविधेशन गर्ने वातावरण बनाउने जिम्मेवारी सानेपाको हो : उषा राउत
काठमाडौं । नेपाल महिला संघकी अध्यक्ष उषा राउतले विशेष र नियमित महाधिवेशन पक्षधरणलाई मिलाएर नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्नुपर्ने सुझाव दिएकी छिन् ।
मंगलबार काठमाडौंमा निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको बैठकमा राउतले विशेष महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्ने बताएकी हुन् । उनले दुबै पक्षलाई मिलाउँदा नै कांग्रेस एकताबद्ध र बलियो हुने बताइन् ।
बिगतमा नेपाल महिला संघका लेटर हेड दुरुपयोग भएको सन्दर्भमा नेपाली कांग्रेसको तत्कालीन नेतृत्वसँग आग्रह गर्दा मिलाउर जाउ भनेको स्मरण गर्दै राउतले भनिन्, ‘अहिले नेपाली कांग्रेसको लेटर हेड दुरुपयोग भएको भनेर उनी (गगन थापा)हरूले अनुशासनको कारबाही गर्न लागेका छन् । त्यो बेला महिला संघको लेटेर हेड दुरुपयोग गरेर समानान्तर कमिटी चलउँदा समेत कुनै कारबाही गर्न दिइएन ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया