इनिशा हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान, निष्कर्ष छिट्टै बाहिर आउँछ : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले सुर्खेतको इनिशा बिक घटनामा कानूनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताए ।
उनले भने, ‘सुर्खेत वा कुनै पनि घटनामा हामीले कानूनलाई अक्षरंस पालना गर्दै तथ्य र प्रमाणका आधारमा काम गर्नुपर्ने हुन्छ । हामीले सुर्खेत वा अरु ठाउँ भन्दा पनि पीडितको इन्गेजमेन्टलाई हेर्नुपर्ने हुन्छ ।’
उनले भने, ‘निरन्तरको आवाजको सुनुवाइ हुनुपर्छ भनेका छौं । कानुनका विषयवस्तु राख्दै तथ्य र प्रमाणमा आधारमा अनुसन्धान हुन्छ ।’
आईजीपी कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषीलाई कारवाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाइ हुने प्रतिवद्धता जनाएका छन् ।
अनुसन्धानका लागि पर्याप्त रुपमा प्रहरी जनशक्ति परिचालन गरिएकाले छिटै इनिशा बिक घटनाको निष्कर्ष बाहिर आउने आईजीपी कार्कीले बताएका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले सबै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने समेत बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया