आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा
न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ ।
आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित कानूनी विवादमा भएको सम्झौताअनुसार कम्पनीले रकम वितरण गरेको समाचारमा उल्लेख छ ।
एप्पलले उक्त मुद्दाको सम्झौताका लागि ९ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब १३ अर्ब ८० करोड रुपियाँ आइफोन लगायतका एप्पल डिभाइसका प्रयोगकर्तालाई वितरण गर्दैछ ।
उक्त रकम लक्षित आइफोन प्रयोगकर्ताले आफ्नो बैंक खाता वा डिजिटल पेमेन्ट एपमार्फत प्राप्त गर्न थालेका छन् ।
एप्पलमाथि आफ्नो भ्वाइस एसिस्टेन्ट सिरीको माध्यमबाट प्रयोगकर्ताहरूका विभिन्न जानकारी संकलन गरेको तथा अनुमतिबिना नै निजी कुराकानी रेकर्ड गरेको आरोप लागेको थियो ।
सिरीले कहिलेकाहीँ आफैं सक्रिय भई आइफोन प्रयोगकर्ताका संवेदनशील कुराकानीसमेत सुन्ने गरेको दाबीका आधारमा सन् २०१९ मा एप्पलमाथि उक्त गोपनीयताको मुद्दा दायर गरिएको थियो ।
एप्पलले उक्त आरोपको सम्बन्धमा कुनै गल्ती स्वीकार नगरेपनि जरिवाना तिरेर मुद्दामा मिलापत्र गर्न सहमति जनाएको थियो । जसअनुसार एप्पलले सन् २०२५ को मध्यतिर त्यस्ता प्रभावित आइफोन प्रयोगकर्ताबाट क्षतिपूर्ति दाबी संकलन गरेको थियो । अहिले सोही सेटलमेन्ट रकम वितरणको प्रक्रिया अघि बढाइएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया