कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक, गगन–विश्वबारे गम्भीर निर्णय हुने
काठमाडौं । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अबैधानिक रुपमा विशेष महाधिवेशन बोलाएर पार्टी विभाजनको गतिविधि गरेपछि सो विषयमा सो विषयमा गम्भीर निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
शनिबार बिहान कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा महामन्त्रीद्वय थापा र शर्मासहितका केही नेताहरूको पार्टी विधान विपरीतका गतिविधिका विषयमा छलफल हुनेछ ।
बैठक पार्टी कार्यालय, सानेपामा शनिबार पुस २६ गते बिहान ०९ः०० बजे बस्नेछ । बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि आग्रह गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया