एमालेको महाधिवेशनमा सभापति देउवाले कार्यबाहक सभापतिलाई पठाए
काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का सहभागी भइ शुभकामना दिने भएका छन् ।
सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति खड्कालाई एमालेको महाधिवेशनमा सहभागी भइ शुभकामना दिन निर्देशन दिएका छन् ।
एमालेको महाधिवेशन भक्तपुरको सल्लाघारी चौरमा शनिबार शुरु भएको छ । सभापति देउवाले आफू महाधिवेशनमा नआउने कार्यबाहक सभापति खड्कालाई पठाउने सन्देश एमालेलाई दिएका छन् ।
एमालेले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन १६ दललाई निम्ता दिएका छन् । देउवालाई भने एमालेका महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौलाले निवासमै पुगेर निम्तो दिएका थिए ।
Published : Saturday, 2025 December 13, 1:25 pm
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया