कांग्रेस क्रियाशील सदस्यताको फारम ६६ क्षेत्रीय समितिले मात्रै बुझे
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील व्यवस्थापन समितिसँग ६६ वटा निर्वाचन क्षेत्रहरूले क्रियाशील सदस्यताको फारम बुझेर लगेका छन् ।
शुक्रबारसम्म केन्द्रीय कार्यालय, सानेपामा सम्पर्क गरेर ६६ निर्वाचन क्षेत्रले फारमहरू लगेको स्रोतले जनाएको छ । फारम लैजानका लागि क्षेत्रीय सभापतिहरूले धेरै रुचि देखाएका छैनन् ।
मुलुकभरि प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये शुक्रबारसम्म ६६ निर्वाचन क्षेत्रले मात्रै क्रियाशील सदस्यताको फारम बुझेर लगेका हुन् ।
महामन्त्री गगन थापा संयोजकत्वको समितिमा सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाईली छन् । उनीहरूले दैनिक रुपमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा गृहकार्य गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया