विभागका प्रमुख पौडेलद्वारा कांग्रेसको जनसम्पर्क समितिहरूलाई ४ बुँदाको कडा परिपत्र
काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले पार्टीको १५औँ महाधिवेशन पौषको २६, २७ र २८ गते काठमाडौंमा हुन लागेको भन्दै जनसम्पर्क समितिहरूलाई ४ बुँदाको परिपत्र गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुख किरणराज शर्मा पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिहरूलाई मंसिर १६ गते मंगलबार परिपत्र गर्दै २०८२ मंसिर मसान्तभित्र नेपाली जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण कार्य गर्ने अवधि रहेको बताएका छन् ।
पुस ३ गतेभित्र क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउन विभागका प्रमुख पौडेलले निर्देशन दिएका छन् ।
केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधि पुस ५ गतेभित्र र अधिवेशन पुस १५ गतेभित्र सम्पन्न गर्न विभागका प्रमुख पौडेलद्वारा जारी परिपत्रमा उल्लेख छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया