कांग्रेस नेता एवम् पूर्वमन्त्री बिसीको निधन
काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री यज्ञबहादुर बिसीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाले शोक वक्तव्य जारी गरेर नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सभापति एवं महासमिति सदस्य बिसीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो । बिसीको मंसिर १५ गते सोमबार निधन भएको थियो ।
वि.सं. २०११ भाद्र १५ गते जन्मिएका बिसले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज नेतृत्वलाई गुमाएको जनाएको छ ।
पूर्वमन्त्री बिसीको निधनप्रति नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गहिरो दुःख व्यक्त गरेका छन् । खड्काले भने, ‘कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री, पार्टीका पूर्व क्षेत्रीय सभापति एवं महासमिति सदस्य यज्ञबहादुर बिसीको निधनको खबरले मलाई स्तब्ध र दुखित् बनाएको छ ।’
स्व.यज्ञबहादुर बिसीले पार्टी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै खड्काले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
पूर्वमन्त्री बिसीको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट कार्यबाहक सभापति खड्काले गहिरो समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया