खानेपानीका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाराका तत्कालीन प्रमुख किशोर यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर –४ कलैया बाराका तत्कालीन डिभिजन प्रमुख यादव र लेखापाल प्रदीप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि. तथा कम्पनीको प्रबन्धक निसान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रा.लि.को बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध जनही ३ लाख १६ हजार ५७० रुपियाँ बिगो माग गरिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेट अनुसार बाराअन्तर्गत विभिन्न निर्माण कार्यका लागि २३ वटा बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी मिलेमतोमा ठेक्का लगाइ अनियमितता गरेको उनीहरूमाथि आरोप छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया