सभापति देउवाले पार्टीलाई दिनु भएको नेतृत्व र योगदानको प्रशंसा गर्दछु : नेता गिरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको ज्यान लिने गरेर भएको सांघातिक आक्रमणको निन्दा एवम् भर्त्सना गरेका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्ने क्रममा नेता गिरीले भदौ २४ गते सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका सभापति देउवा दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘हामी हाम्रो मुलुक र पार्टी जीवनको अत्यन्तै महत्वपूर्ण क्षणमा उभिएका छौं । म देउवा दम्पत्तिको सुस्वास्थ्यको कामना गर्दै पार्टीलाई उहाँले दिनु भएको नेतृत्व र पु¥याउनु भएको योगदानको म प्रशंसा गर्दछु ।’
‘त्यस्तै यो जटिल परिस्थितिमा जिम्मेवारी सम्हाल्नु भएका कार्यवाहक सभापतिज्यूलाई शुभकामना दिन चाहन्छु,’ नेता गिरीले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया