एमालेद्वारा संसद पुनर्स्थापनाको मागसहित स्थानीय तहहरूमा देशभरि प्रदर्शन
काठमाडौं । संसद पुनर्स्थापनाको माग गर्दै एमालेले स्थानीय तहहरूमा भेला र प्रदर्शन शुरु गरेको छ ।
मंगलबार एमालेका नेता, कार्यकर्ताहरूले देशभरका सबै पालिकाहरूमा प्रदर्शन शुरु गरेका हुन् । एमालेका कार्यकर्ताहरूले संसद विघटन गर्ने असंवैधानिक निर्णय खारेज गर्न माग गरेका छन् ।
एमालेले संसद पुनर्स्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरूलाई निर्देशन दिएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा संसद विघटन भएको थियो ।
एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आएको छ ।
एमालेले संसद पुनर्स्थापनाको माग गरेर स्थानीय तहरूमा प्रदर्शन शुरु गरिसकेको छ । नेपाली कांग्रेसलाई महामन्त्री गगन थापाले राष्ट्रिय राजनीतिमा प्रवेश गर्न दिइरहेका छैनन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया