अनलाइन सञ्चारमाध्यम नियन्त्रण गर्ने गरी ल्याइएको नियमावलीको पत्रकार महासंघद्वारा विरोध
काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ मा समावेश गरि कार्यान्वयनमा ल्याएको कतिपय प्रावधान स्वतन्त्र प्रेस विरोधी देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गरेर प्रेस स्वतन्त्रता विरोध प्रावधानप्रति असहमति र आपत्ति जनाएका हुन् ।
नाम र डोमेन मिलेमा, जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल कार्य दुरूत्साहन भएमा अनलाइन सञ्चारमाध्यम दर्ता नहुने भनी राखिएको स्वेच्छाचारी प्रावधान प्रेस स्वतन्त्रता विरोधी भएको महासचिव दाहालले बताएका छन् ।
निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने प्रावधानको पनि महासंघले भर्त्सना गरेको छ । अनुगमन तथा निरीक्षण स्थानीय अधिकारीले पनि गर्ने भन्ने नियन्त्रणमुखी प्रावधानको पनि महासचिव दाहालले विरोध गरेका छन् ।
दर्ता भएका अनलाइनको प्रमाणपत्र रद्ध गर्न तीनवटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने अव्यवहारिक प्रावधान रहेको महासंघले जनाएको छ ।
एउटै ऐन अन्तरगत दर्ता भएका पत्रपत्रिका नवीकरण गर्न नपर्ने तर, अनलाइन हरेक वर्ष नवीकरण गर्न पर्ने विभेदकारी प्रावधानको पनि महासंघले विरोध गरेको छ ।
‘स्वतन्त्र प्रेस विरोधी उल्लेखित प्रावधानहरू तत्काल सच्याउन महासंघ सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा महासंघ आन्दोलित हुन बाध्य हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया