कर्मचारीहरूद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षको राजीनामा माग
काठमाडौं । कर्मचारीका विभिन्न संघ/संगठनहरूले नेपाल धितोपत्र बोर्डका अध्यक्षको राजीनामा माग गरेका छन् ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डको स्वायत्तता खोस्ने गरी अर्थ मन्त्रालयको राजस्व सचिवस्तरबाट गरिएको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सत्तरी लाखभन्दा बढी लगानीकर्ता तथा सात सयभन्दा बढी बजार सहभागीहरूलाई हाम्रो बाध्यात्मक परिस्थितिबाट गर्नु परेको आन्दोलनबाट पर्न गएको असुविधा प्रति हृदयदेखि क्षमायाचना गर्दछौं ।’
कर्मचारीहरूले समस्या समाधानसँगै पुँजीबजार विकास र सुधारका काम तीव्र गतिमा अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन् ।
संचालक बोर्डले हालको कानूनी विवादको न्यायिक निरुपणका लागि अदालत जाने निर्णय गरेमा आन्दोलन तत्काल अन्त्य गरी काममा फर्किने तयारी रहेको कर्मचारी संगठन र युनियनहरूले स्पष्ट पारेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया