बनकसबासामा बस दुर्घटना, पैदल यात्रुको मृत्यु, ५ यात्रु सामान्य घाइते
चन्द्रौटा । कपिलवस्तु जिल्लास्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवराज नगरपालिका वडा नं. १ बनकसबासामा बस दुर्घटना भएको छ ।
बिहीबार बिहान करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसले एकजना पैदलयात्रीलाई ठक्कर दिएको छ । बसमा सवार ५ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
दुर्घटनामा अन्दाजी ५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किएका वडा प्रहरी कार्यालय चन्द्रौटाका इञ्चार्ज प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया