जेनजीकाे नाममा १५ वर्षमुनिका बालबालिकाकाे प्रयोग, केही प्रदर्शनकारी गिरफ्तार
काठमाडौं । जेनजी युनाइटेडकाे नामबाट एउटा समूहले १५ वर्षमुनिका बालबालिकालाई विद्यालयकाे पाेशाकसहित सडक प्रदर्शनमा उतारेको छ ।
शनिबार काठमाडौंकाे माइतीघरमा जेनजीकाे नाममा प्रदर्शन भएको हाे । स्थानीय प्रशासनसँग पूर्वअनुमति नलिएर गरिएको प्रहरीले हस्तक्षेप गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रदर्शनको नाममा १५ वर्षमुनिका बालबालिकाहरूलाई सडकमा उतारेको पाइएको हाे । बिहीबारदेखि माइतीघरमा सुरु भएको प्रदर्शनमा १५ वर्षमुनिका बालबालिकाको बाक्लो उपस्थिति गराइएको छ ।
जेनजीकाे नाममा शनिबार भएको प्रदर्शनमा सहभागी करीव ५० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । जेनजीकाे नाममा विभित्र समूहले स्वार्थ पूरा गर्न धमिलो पानीमा माछा मार्न खाेजेकाे छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया