जेनजीकाे नाममा प्रहरी वृत्त महाराजगन्जका जवान थापाकाे हत्यामा संलग्न साेम पक्राउ
काठमाडौं । प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा २१ वर्षीय साेम गुरुङ पक्राउ परेका छन् ।
गुरुङलाई धुम्बाराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।
दार्चुला घर भएका थापाको जेनजी आन्दोलनको क्रममा भदौ २४ गते हत्या भएको थियो । उनलाई कुटिकुटी हत्या गरिएको थियो ।
प्रहरी जवान थापा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए । महाराजगञ्जमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी हवल्दार अमृत गुरुङ पनि हत्या भएको थियो ।
यसअघि जवान थापा तथा असई र हवल्दारको हत्या आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरू पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
Published : Wednesday, 2025 October 22, 2:06 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया