प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । सर्वाेच्च अदालतमा प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध रिट दर्ता भएको छ ।
मंगलबार अधिवक्ताहरूले रिट दायर गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, मध्यान्हसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् । अरु निवेदनहरू पनि पेश हुने क्रममा छन् ।
जेनजी युवा आन्दोलनको क्रममा सर्वोच्च अदालतको भवन जलेपछि टेन्टबाट सेवा प्रवाह सुरु गरिएको थियो ।
गत भदौ २३ र २४ गते जेनजी युवा प्रदर्शनका कारण केपी ओली नेतृत्वको सरकार ढलेपछि संसद विघटन भएको थियो ।
त्यसपछि जेनजी युवा प्रतिनिधिको सिफारिसमेतको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले २१ फागुनमा आम निर्वाचन गराउने म्यान्डेड पाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया