विद्यालयका प्रधानाध्यापक र बिचौलिया घूसको साढे ४ लाखसहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधानाध्यापक सञ्जय प्रसाद र बिचौलिया अरविन्दप्रकाश साह कानुलाई घूस रिसवतको रकमसहित पक्राउ गरेको छ ।
रौतहटमा शिक्षक नियुक्ति गर्ने भनेर ४ लाख ५० हजार रुपियाँ घूस रिसवत माग गरेपछि अख्तियारको टोलीले सञ्जय र अरविन्दलाई शुक्रबार रंगेहात पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पर्साको बीरगञ्ज महानगरपालिका वडा नं. १३ अदालत रोडस्थित होटलबाट उनीहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
श्री जय किसान माध्यमिक विद्यालय, धरहरी, रौतहटका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्दप्रकाश साह कानुले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रितपूर्वक दर्खास्त दिएकोमा घूसको रकम माग गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक संजय प्रसादले शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साह कानुमार्फत घूस, रिसवत ४ लाख ५० हजार माग गरेका थिए ।
पीडितको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोली काठमाडौं, टंगालबाट खटिई गएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया