तरुण दलद्वारा कांग्रेस केन्द्रीय कार्यालयको सरसफाइ, उपसभापति खड्कासहितका नेताहरू सहभागी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घुसपैठ समूहद्वारा आगो लगाएर क्षति भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको नेपाल तरुण दलले सरसफाइ गरेको छ ।
आइतबार तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा जम्मा भएका तरुणहरूले कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरको सरसफाइ भएको हो । सरसफाइ कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रचार विभागका प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्य रामहरि खतिवडा, कृष्णकिशोर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
जेनजी आन्दोलनका क्रममा क्षति भएका पार्टी कार्यालयहरूको सरसफाइमा तरुणहरूले नेतृत्व गर्ने अध्यक्ष गुरुङले बताएका छन् । पार्टी कार्यालयको सरसफाइमा तरुणहरूलाई पनि मौका दिएकोमा तरुण अध्यक्ष गुरुङले कांग्रेस नेतृत्वप्रति धन्यवाद दिएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालयमा प्रारम्भीक लगत संकलनका क्रममा करीव १० करोड बराबरको क्षति भएको प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बताएका छन् ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया