जलेको भाटभटेनीमा ६ वटा कंकाल भेटियो
काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनी सुपर माकेर्टमा ६ वटा शव भेटिएको छ ।
आइतबार सफाइका क्रममा जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीले बताएका छन् ।
ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । शवको डीएनएपछि मात्रै पहिचान हुनेछ । जेनजीको आन्दोदनमा आगजनी र लुटपाट भएको थियो । तोडफोड, आगजनी र लुटपाट गर्न गएको समूहहरूको शव हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
भदौ २३ गते जेनजीको नाममा आन्दोलन भएको थियो । भदौ २४ गते देशभर तोडफोड र आगजनी भएको थियो । आन्दोलनमा हालसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।
Published : Sunday, 2025 September 14, 11:12 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया