फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न अपील गर्छु : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने मध्यावधी चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपील गरेका छन् ।
शनिबार राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गरेर जनतालाई रिझाएर आफैं सम्हालिदै निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् ।
उनले भने, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गदे जनता रिझाउने र आफैंमा सम्हालिदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपील गर्दछु ।’
उनले भने, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ ।’
‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ,’ पौडेलले भने, ‘६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अब उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया