आन्दोलनका क्रममा लुटिएका हतियार, पैसा बरामद, लुटेराहरू पनि पक्राउ
काठमाडौं । आन्दोलनका क्रममा लुटिएका हतियार, पैसासहितका सामग्री नेपाली सेनाले विभिन्न स्थानबाट बरामद गरेको छ ।
काठमाडौं र पोखराबाट विभिन्न किसिमका हतियार एवं गोलीगठ्ठा बरामद गरिएको हो । सेनाले बुधबार बिहान विज्ञप्ति निकालेर बरामद हतियारबारे जानकारी गराएको छ ।
काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सूचना जारी गरिएको छ ।
२३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरूमा उपचार भइरहेको सेनाले जानकारी गराएको छ ।
यता, काठमाडौंको बौद्ध क्षेत्रबाट ३३ लाखभन्दा बढी रुपियाँसहित केही व्यक्ति पक्राउ परेका छन् । मंगलबार भएको प्रदर्शनपछि लुटपाटको शृङ्खला चलेको थियो । सोही क्रममा ३३ लाख ७० हजार रुपियाँसहित केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया