नापी कार्यालयका घूस खाने कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकी, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (करार) एकेन्द्रबहादुर कुँवरविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
कुँवर काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप) को जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा पक्राउ परेका थिए ।
कुँवरले सेवाग्राहीसँग जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै १३ हजार रुपियाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।
अनुसन्धानपछि कुँवरमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर देखिएको भन्दै अख्तियारले बिगो १३ हजार कायम गरी कैद सजाय र सोही रकम बराबरको जरिवानाको मागसहित आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले कुँवरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार सजाय माग गरिएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया