माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश
काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले माओवादी नेता श्रेष्ठसँग अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्ने भन्दै जवाफ माग गरेको हो ।
माओवादी नेता श्रेष्ठले ‘घुसबिना न्याय पाउने अवस्था छैन’ भनेर दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गरी आयुष दाहालले उजुरी दिएका थिए ।
माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भदौ ६ गते फेसबुकमा न्यायको खोजीमा अदालतमा पुगेको कुनै पनि व्यक्तिले घुसबिना न्याय पाउने अवस्था नरहेको टिप्पणी गरेका थिए ।
‘न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुसबिना न्याय पाउने अवस्था छैन,’ उनले लेखेका थिए ।
अदालत राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको दाबी पनि श्रेष्ठले गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया