नौबहिनी घर भएका युवक काठमाडौंबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३२ वर्षीय मीनराज राना क्षेत्रीलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपलिका–३२ बस्ने प्यूठानको नौबहिनी गाउँपालिका–५ घर भएका मीनराजलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
मीनराजले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले मीनराजलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ ।
मीनराजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।
Published : Tuesday, 2025 September 2, 12:27 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया