कुरा धेरै गर्ने, काम नगर्ने प्रवृत्तिले नागरिकमा केही हदसम्म निरासा बढ्यो : मुख्यमन्त्री बानियाँ
भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले गौरव गर्न सक्ने योजनाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
शनिबार चितवन उद्योग संघको ३४औं वार्षिक साधारणसभा तथा १८औं अधिवेशन उद्घाटनका क्रममा बानियाँले टुक्रे योजनाहरू स्थानीयतहले नै कार्यान्वयन गर्ने गरी सहजीकरणको आवश्यकतामा आधारित योजना प्रणाली विकसित गरिने बताए ।
उनले नागरिकका अनन्त चाहना र आवश्यकता अनि सरकारको स्रोतको सीमितता बीच सन्तुलन मिलाउँदै प्रदेश सरकार अघि बढ्ने बानियाँले बताए ।
मुख्यमन्त्री बानियाँले कुरा धेरै गर्ने तर, काम नगर्ने प्रवृत्तिले नागरिकमा केही हदसम्म निरासा बढेको बताएका छन् । जनताको निराशालाई ध्यानमा राखेर आफू र आफ्नो नेतृत्वको प्रदेश सरकार परिणाममुखी नतिजा निकाल्ने गरि क्रियाशील रहने बताए ।
मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको उद्योग वाणिज्य क्षेत्रको विकास र समस्या समाधानमा आवश्यक सबै उपाय अवलम्वन गरिने उनले बताए ।
ठोरी नाकाको सहज संचालनपछि चितवन र समग्रमा बागमती प्रदेशकै आर्थिक विकासको ढोका खुल्ने भएकाले यसका लागि आवश्यक समन्वय र पहल गरिने मुख्यमन्त्री बानियाँले बताएका छन् ।
बागमती प्रदेशकी सहकारी तथा गरिवी निवारणमन्त्री बिनु रायमाझीले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्योग क्षेत्रको विकासमा सबै तहका सरकारहरूको समन्वयात्मक पहल रहनुपर्ने बताएकी छिन् ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री रायमाझीले बताएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया