आईजीपी थापाद्वारा एआईजी शर्मालाई नक्सालमा विदाइ
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कृष्णहरि शर्माको विदाइ भएको छ ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा आईजीपी दीपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त हुन लागेका एआईजी शर्मालाई विदाइ गरेका हुन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारिताका साथ सम्पन्न गरेको बताए ।
आईजीपी थापाले सेवानिवृत्त हुन लागेका एआईजी शर्मालाई मायाको चिनो प्रदान गरेका छन् । शर्माले आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गरेका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा विक्रम संवत् २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा उमेर हदका कारण भदौ १५ गतेबाट सेवा निवृत्त हुन लागेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया