नगरपालिकाको वडा कार्यालय भवन बनाउन ३६ लाख भ्रष्टाचार, मुद्दा दायर
काठमाडौं । जाजरकोटको भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा नगरपालिकाका ६ जना कर्मचारी र ठेकेदार कम्पनीका दुईजना गरी आठजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, ईञ्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापाविरुद्ध मुद्दा दायर भएको छ ।
मुद्दामा ठेकेदार गंगाकुमारी खड्का र चित्रबहादुर बोहरालाई प्रतिवादी बनाइएको छ । आयोगले उनीहरूविरुद्ध ३६ लाख २० हजार ५७८ रुपियाँ विगो माग गर्दै मुद्दा दायर गरेको छ ।
उनीहरूले आर्थिक वर्ष २०८०/०८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६,९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानून विपरीतको कार्य गरी अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारको ठहर छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया