अधिवेशनका लागि धादिङ तरुण दलद्वारा कार्यतालिका सार्वजनिक
धादिङ । नेपाल तरुण दल, धादिङले पाँचौं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिकाहरू सार्वजनिक गरेको छ ।
धादिङ तरुण दलको बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ अन्तर्गत क्षत्रीय अधिवेशन गर्ने निर्णय गरेको छ । यसअन्तर्गत प्रदेश सभा (१) र (२) को अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका अग्रज नेताहरू छलफल भएको अध्यक्ष गोपाल विश्वकर्माले बताएका छन् । छलफलमा तरुण दल धादिङको पाँचौं जिल्ला अधिवेशन सम्पन्न गर्ने सर्वसम्मत निर्णय भएको छ ।
तरुण दल धादिङको पाँचौं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि संघीय क्षेत्र नं. १ मा असोज ७ र प्रदेश सभा (१) र (२) मा भाद्र २२ अधिवेशनको मिति तय गरिएको छ ।
नेपाल तरुण दल, धादिङका वरिष्ठ उपाध्यक्ष रविसुदन थापालाई संघीय क्षेत्र तथा प्रदेश (१) र (२)को अधिवेशन संयोजक तथा प्रतिनिधिको जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया