माँ पाटेश्वरीका महन्थ मिथिलेशद्वारा पशुपतिनाथ मन्दिरमा पूजापाठ
काठमाडौं । ‘माँ पाटेश्वरी’ तुलसीपुर, उत्तरप्रदेश, भारतका महन्त मिथिलेश नाथ महाराजले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।
तीन दिने नेपाल भ्रमणमा आएका महन्थ मिथिलेशले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेको नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले बताए । नेता शाहले भने, ‘माँ पाटेश्वरी’ तुलसीपुर, भारतका महन्त मिथिलेश नाथ महाराज ज्यूले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेर सोमबार काठमाडौंबाट भारततर्फ प्रस्थान गर्नुभएको छ ।’
नेपालको धार्मिक भ्रमणका क्रममा महन्थ मिथिलेशले नेपाल र भारतबीच मजबुद सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । कांग्रेस नेता शाहका अनुसार महन्थ मिथिलेशले नेपाल–भारतबीचको सम्बन्धलाई धार्मिक विषयलाई झन् जोडेर राखेको बताएका छन् ।
महन्थ मिथिलेशसँग उनका गुरुभाई समेत रहेका बलरामपुर, उत्तरप्रदेश, भारतका नगरप्रमुख धीरू सिंह लगायतको टोलीले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।
महन्थ मिथिलेश उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निकट मानिन्छन् । योगी आदित्यनाथसँग निकट रहेर मिथिलेशले काम गर्दै आएका छन् ।
माँ पाटेश्वरीका महन्त मिथिलेश नाथ बेलाबेला काठमाडौं आएर पशुपतिनाथ मन्दिरका साथै विभिन्न शक्तिपीठहरूको दर्शन गर्दै आएका छन् । महन्थ मिथिलेशले सन् २०१८ को जनवरी २७ मा पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । त्यसपछि उनी पुनः पशुपतिनाथ मन्दिरमा आएर दर्शन गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया