निजामती कर्मचारी साथीहरूले लोकसेवा पढेर आएको हुँ भनेर फुर्ती गर्नु हुँदैन : मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राजनीति आफ्नो सेवा मात्रै भएको बताएका छन् ।
सोमबार हेटौँडामा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समिति, बागमती प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा बानियाँले भने, ‘राजनीति मेरो सेवा मात्रै हो । मेरो मैले जीवन चलाउन अरु धेरै काम गरेको छु ।’
‘यसमा मेरो लिनु केही पनि छैन । दिनु मात्रै हो । मैले लिने भनेको तीन वटा कुरा हुन्छन् । त्यो भनेको प्रतिष्ठा, पहिचान र पतन हुन्छ । प्रतिष्ठा र पहिचान म लिएर जान्छु । पतन म लिन्नँ । जति दिन म हुन्छु त्यति दिन म लिएर जान्छु । दिएर जान्छु,’ बानियाँले भने ।
‘जसरी मैले लिन खोज्छु त्यसरी मैले तपाईहरूसँग सेवा पनि लिन खोज्छु । तपाईहरूको पेशाको समग्र निजामतीभित्र कांग्रेसका शुभचिन्तकहरू अब्बल छन् । राम्रा छन् । राम्रो र निष्पक्ष काम गर्नु हुनेछ,’ उनले भने ।
मुख्यमन्त्री बानियाँले भने, ‘सुशासन पनि हाम्रो दायित्व हो । सरकारले सुशासन दिन खोज्दा हामी पनि सुशासनमा छौँ भन्ने कुरा सुशासन, पारदर्शी, निष्पक्षता, जवाफदेही नेता होइन, कर्मचारीले बनाउने हो । नेता र नेतृत्वलाई सफल बनाउने, मन्त्रीलाई सफल बनाउने, मुख्यमन्त्रीलाई सफल बनाउने जिम्मेवारी निजामती कर्मचारीहरूको हो ।’
‘लोक सेवा पढेर आएको छु भनेर तपाईहरूले फुर्ती गर्नु भयो भने त्यो राम्रो होइन,’ मुख्यमन्त्री बानियाँले भने, ‘लोकसेवा तपाईहरूले पास गरेर आएको हो । किताब पढेर आएको हो । हामीले राम्रो कपढा र खुट्टामा जुत्ता नलगाउने जनताको लागि सेवा गर्न लोकसेवा पढेर आएको हो भनेर ध्यान दिनुपर्छ ।’
उनले भने, ‘जनप्रतिनिधिहरू गरिव जनताको मत पाएर आएका छौँ । त्यसैले ती जनताको सेवा गर्न एकले अर्काको सम्मान गरौँ । कसैले कसैलाई अपमान नगरौँ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया