पाँचथरकी सहारा सुव्वा पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं. १ घर भएकी ३८ वर्षीया साहारा सुव्वा थेवेलाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट पक्राउ गरेको जनाएको छ ।
प्रारम्भीक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रूपियाँ ठगी गरेको खुल्न आएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Published : Friday, 2025 August 22, 12:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया